प्रेस विज्ञप्ति
May 15,2024

मेरिल्याण्ड राज्यको डिष्ट्रिक २ बाट अमेरिकी संसदको सिट अर्थात कंग्रेसमेनमा मैले उमेदवारी दर्ता गराएर निर्वाचनमा होमिएका थियौ, सोही अनुसार मे १४ तारिखमा सम्पन्न भएको प्राईमेरी निर्वाचनको नतिजाले मलाई उपविजेता वनाएको छ । यो आन्तरिक पार्टी निर्वाचनमा विजयी वन्नुभएका जोनिओ ओल्जस्कीलाई हार्दिक वधाई ज्ञापन गर्न चाहन्छु ।

 यो निर्वाचनले मैले प्रयास गर्दे आएको नेपाली अमेरिकनलाई अमेरिकाको केन्द्रीय राजनीतिमा एकीकृत गर्दे व्यवस्थित ढंगले अगाडि वढाउने प्रयासले निर्वाध रुपमा एउटा एउटा उचाई हासिल गरेको छ । यो निर्वाचनले संघीय कानून मातहत रहेर क्याम्पेन सञ्चालन,व्यवस्थापन र रेखदेख गर्न म र मेरो समूहका साथीहरुले महत्वपूर्ण अनुभव हासिल गर्न सफल भएका छौं । यसले आगामी दिनमा हामी र हाम्रो समुदायलाई सुव्यवस्थित तरिकाले मूलधारको राजनीतिमा स्थापित गराउन अवश्य नै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने मेरो विश्वास रहेको छ ।

अर्को तर्फ , हामीहरु यो निर्वाचन मार्फतमा उल्लेख्य सफलताकासाथ हाम्रो पहिचान र परिचय स्थापित गर्न सफल भएका छौं । हाम्रो महत्व र आवश्यकतालाई सबैले आत्मसाथ गर्नैपर्ने अवस्थालाई जनमत मार्फत स्थापित गराएका छौं ।

हा,े हामी प्रजातन्त्रमा विश्वास गर्ने भएकाले यसको सुन्दर पक्ष नागरिकले आफ्नो नेतृत्व आफैं निर्वाचनको प्रक्रिया मार्फत निर्वाचित गराउने पक्ष हो । जनमतद्धारा अनुमोदित उमेदवार वन्न आवश्यक मत पुर्याउन हामी यो पटक सफल भएनौं तर हामीले अमेरिका जस्तो विश्व भरिमा नै प्रजातन्त्रको सफल अभ्यासमा अभ्यस्त विशाल मुलुकमा निर्वाचन मार्फत हामी र हाम्रो परिचयलाई स्थापित गर्दे निरन्तर अगाडि बढाउन धेरै ठूलो सफलता प्राप्त गरेका छौं ।

यो निर्वाचनमा हाल वहाल रहनुभएका कंग्रेसमेन डच रुपेशवर्गरले जनवरी २६,२०२४ मा उक्त पदमा पुन निर्वाचनमा सामेल नहुने घोषणा गर्नुभयो । यो सिट खुला सिटको रुपमा राजनीतिक मैदानमा आयो । यसलाई अवसरको रुपमा आत्मसात गर्दे मैले उमेदवारी दिने घोषणा गरे । म जस्तै हाम्रो पार्टीको  आन्तरिक प्रतिस्पर्धामा रहेका ६ जना मैदानमा आउनुभयो । कूल ११० दिनको चुनावी यात्राको क्रममा ७२ दिन संसदको अधिवेशनको सेसनको भएकाले मेलै केवल ३८ दिन मात्र यो निर्वाचनमा पूर्ण समयका साथ काम गर्न पाए । निश्चिय नै यो निकै कठिन यात्रा थियो तर यसलाई चुनौतीपूर्ण अवसरको रुपमा आत्मसात गरेर मैले हाम्रो समुदायको प्रतिष्ठा र अवसरको रुपमा लिदै सयौं मनकारी र उत्प्रेरक व्यक्तित्वहरुको आत्मवल,प्रोत्साहन र ऊर्जालाई एकीकृत गर्दे निर्वाचनमा होमिएको थिए ।

यी यावत चुनौतीका वावजुद र सिमित श्रोत ,साधन परिचालन गरेर ६ जना उमेदवारका वीचमा दोश्रो हुन सकेका छौं । यसको मतलब हामीले जनमतद्धारा हामी र हाम्रो पहिचानलाई स्थापित गरेका छौं । यो सबै हजुरहरुको तन,मन र धनको सहयोगका कारण सम्भव भएको हो । यसपटक उप विजेता मात्र बन्नु परेतापनि हामी यो अभियानमा हार मान्ने र थाकेको महसुस पटक्कै गरेका छैनौं । यो प्रक्रियाले हामीहरुलाई सामुहिक एकता र भातृत्व मार्फत हामीहरुको पुँजी निर्माणमा महत्वपूर्ण आधारशीला निर्माण गरेको छ ।

हामी हाम्रो एकता र स्वयमसेवी भावनाका कारण अमेरिकी राजनीतिको मूलधारको एक अभिन्न अंग बन्न पुगेका छौं । यो सबै सामूहिक मेहनेतकै कारण प्राप्त भएको हो । यो सफलतालाई हामी निरन्तर थप अगाडि बढाउनेछौं ।

यसपटक सिकेका अनुभवलाई आगामी दिनमा रणनैतिक र कार्यनीतिक तरिकाले अझै व्यवस्थित,परिपक्व र सशक्त ढंगले भावी पिढीको लागि समेत मार्गनिर्देशक सिद्धान्त बनाउन हामी उपयोग गर्दे प्रमाणित गर्न सदैव प्रयत्नशील हुनेछौं ।

प्रतिकूल मौसमका वावजुद पनि निर्वाचन केन्द्रमा कडा मेहनतका साथ खटिनुभएका मेरिल्याण्डवासी सम्पूर्ण व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यो रुपान्तरणको अभियानमा एकीकृत भएर तपाईहरुले गर्नुभएको योगदान र सहयोग नेपाली अमेरिकनको ईतिहासमा स्वर्ण अक्षरले लेखिने छ भन्ने मलाई विश्वास लागेको छ ।

यो निरन्तरको अभियानमा अहोरात्र खट्नुहुने सबै, हामीलाई हरतरहले साथ र सहयोग अनि शुभेच्छा व्यक्त गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरु,मतदाता,दाता र निर्वाचन अभियानमा जोडिनु भएका सबै सबैलाई हार्दिक आभारसहित कृतज्ञता व्यक्त गर्दछु ।

अहिले हामी थकाई मारेका मात्र छौं , हाम्रो यात्रा रोकिएको छैन । हामीलाई विश्वास छ हामी एक दिन अवश्यक हाम्रो लक्षित उद्देश्य हासिल गर्नेछौं यसको लागि सम्पूर्ण पवित्र मनहरुसँगसँगै निरन्तर अघि बढ्नेछौं ।

अन्त्यमा, अमेरिकाको मूलधारको राजनीतिमा नेपाली पहुँच पुर्याउने, देखिने र सुनिने बनाउने अभियानमा निरन्तर हातेमालो गर्दै हामीसँग जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु, विभिन्न राज्यमा छरिएर रहनुभएका दाताहरु र निर्वाचनको प्रक्रियामा हरेक तरिकाले र हरपल स्यवमसेवक वनेर साथ र सहयोग गर्नुहुने प्रियजनहरु प्रति म हृदय देखि नै हार्दिक नमन गर्न चाहन्छु । भविष्यमा पनि हामी सामूहिक भावनाका साथ निरन्तर यात्रामा हुने नै छौं ।

धन्यवाद 

Matt Kessler
Campaign Manager